कोशी प्रदेशका विभिन्न शहरमा आन्दोलन चर्कियो, एमाले  कार्यालयमा आगजनी

लोकपथ
413
Shares

विराटनगर । कोशी प्रदेशका विभिन्न शहरहरूमा आज बिहानैदेखि आन्दोलन चर्किएको छ ।

झापाको बिर्तामोडस्थित नेकपा (एमाले) को कार्यालयमा प्रदर्शनकारीले आगो लगाएका छन् । यसअघि हिजो पनि सो पार्टी कार्यालयमा तोडफोड भएको थियो ।

यस्तै विराटनगरको देवकोटा चोक र पुष्पलाल चोकमा ठुलो संख्यामा प्रदर्शनकारी भेला भएका छन् । उनीहरूले पुष्पलालको सालिक समेत तोडफोड गरेका छन् ।

इटहरीमा पनि कर्फ्यु आदेश तोड्दै प्रदर्शनकारी भेला हुन थालेका छन् । हिजोको प्रदर्शनमा दुई जनाको ज्यान गएपछि इटहरीमा स्थिति थप तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?