आलोचनापछि मानव अधिकार आयोग आकस्मिक बैठकमा

लोकपथ
2.2k
Shares

काठमाडौं । युवा प्रदर्शनकारीमाथि प्रहरीले गरेको चर्को बल प्रयोगप्रति मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक बैठक बोलाएको छ ।

आयोगसम्बद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा समेत आयोग मौन बसेको भन्दै चौतर्फी आलोचना भएपछि कर्मचारीहरूले समेत पदाधिकारीहरूलाई दबाब दिएका थिए । त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले सोमबार बिहान १० बजे आकस्मिक रूपमा पदाधिकारीहरूको बैठक डाकेका हुन् ।

सोमबारको प्रदर्शनपछि आयोगले विज्ञप्ति जारी गरी आन्दोलनलाई संयमित बनाउन आग्रह गरेको थियो । तर, प्रदर्शनमा भएको प्रहरी दमनबारे भने कुनै टिप्पणी नगरेको भन्दै आलोचना भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त वर्तमान पदाधिकारीहरूलाई सरकारसँग नजिक देखिने र मानव अधिकार उल्लंघनका मुद्दामा मौन बस्ने आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?