काठमाडौं । ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
कार्यालयले ललितपुर महानगरपालिकाका वडा नम्बर २, ९, १८ र २५ का निश्चित क्षेत्रलाई कर्फ्यू क्षेत्र घोषणा गरेको छ ।
जारी विज्ञप्ति अनुसार, आज बिहान ७ बजेदेखि राति १२ बजेसम्म उक्त सिमाना भित्र कसैले आवतजावत गर्ने, कुनै पनि प्रकारका भिडभाड, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पाइने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया