कांग्रेस पार्टी कार्यालयसहित ललितपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा

लोकपथ
182
Shares

काठमाडौं । ललितपुरका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार साँझ विज्ञप्ति जारी गर्दै जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

जेन-जी समूहको प्रदर्शनका कारण विभिन्न क्षेत्रमा हुनसक्ने हुलदंगालाई ख्यालमा राखेर विभिन्न क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुजन घिमिरेले जनाएका छन् । जसअनुसार सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय क्षेत्रमा समेत निषेधाज्ञा जारी गरिएको छ ।

त्यस्तै पुल्चोकस्थित युएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्र, पूर्वतर्फ इनारमोड जाने मूलबाटोमा निषेधाज्ञा जारी गरिएको छ । यता पश्चिम राष्ट्रिय किताब खाना –निजामती- उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय, दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग,राष्ट्रिय सहकारी विकास बोर्ड चौहद्दीभित्र समेत निषेधाज्ञा जारी गरिएको हो । यता भैँसेपाटीस्थित नयाँ मन्त्री निवासका विभिन्न स्थानमा समेत निषेधाज्ञा जारी गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?