जेन-जी प्रदर्शन : सुन्धारा प्रहरी बिटमा आगजनी

लोकपथ
826
Shares

काठमाडौं । जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित प्रहरी बिटमा साँझ प्रदर्शनकारीले आगजनी गरेका छन् ।

बानेश्वरतर्फबाट लखेटिएका प्रदर्शनकारी समूह सुन्धारामा पुगेपछि प्रहरी बिटमा आगो लगाएको बताइएको छ । त्यति बेला प्रहरी संख्याभन्दा प्रदर्शनकारी बढी भएकाले तत्काल प्रतिकार गर्न नसकिएको प्रहरीले बताए ।

प्रहरीका अनुसार, प्रदर्शनकारी फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको छ । घटनापछि सुन्धारा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?