काठमाडौं । काठमाडौंमा जेन–जी आन्दोलन चर्किएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल चल्न थालेका छन् । सरकारको कुनै निर्णयबिना नै फेसबुक लगायतका सञ्जाल चल्न थालेका हुन् ।
आन्दोलनमा सहभागी भएका कतिपय युवाहरूले इन्टरनेट सेवा प्रदायकको कार्यालयकै तोडफोडसमेत गर्न खोजेपछि उनीहरूले फेसबुक लगायतका सामाजिक सञ्जाल चल्ने बनाइदिएका हुन् ।
अहिले सुबिसु, वल्ड्रलिंक, भायोनेट लगायतका आइसपीहरुले फेसबुक चल्ने बनाइदिएका छन् ।
यद्यपि नेपाल टेलिकम र एनसेलमा भने अझैसम्म पनि फेसबुक चलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया