एक प्रदर्शनकारीको मृत्यु, २५ भन्दा बढी घाइते

लोकपथ
1.7k
Shares

काठमाडौं । जेनजी प्रदर्शनमा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको एक प्रहरी अधिकृतले बताए ।

प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको सूचना आएको छ, आधिकारिक पुष्टि हुन बाँकी नै छ,’ ती अधिकारीले लोकपथलाई बताए ।

प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?