काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा जेन–जी पुस्ताले काठमाडौंमा प्रदर्शन गरेको छ ।

देशमा बढ्दै भएको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरुद्धमा जेन–जी पुस्ताले प्रदर्शन गरेको हो । काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले यति बेला प्रदर्शन गरिरहेका छन् ।

भ्रष्टहरूलाई जवाफदेही बनाउन, सरकारमा पारदर्शिता सुनिश्चित गर्न र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने आफूहरुको प्रदर्शनको उद्देश्य रहेको उनीहरुको भनाइ छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया