‘जेनजी’ लाई नेपथ्यको समर्थन– ‘गाउँ गाउँबाट उठ, बस्तीबस्तीबाट उठ’

लोकपथ
721
Shares

काठमाडौं । नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ ले सोमबार हुन लागेको जेनजी समूहको आन्दोलनलाई समर्थन गरेको छ ।

आइतबार सामाजिक सञ्जालमा नेपथ्यको बहुचर्चित गीत ‘गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ’ लाई आफ्नो फेसबकुमा सेयर गरेको हो ।

युवादेखि तन्नेरी हुँदै वृद्धवृद्धालाई समेत जुरुक्क बनाउने उक्त गीत आन्दोलनको पूर्वसन्ध्यामा सेयर गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्तालाई विश्वव्यापी रुपमा जेनेरेसन जेड अर्थात् जेनजी पुस्ता भनिँदै आइएको छ ।

देशमा व्याप्त भ्रष्टाचार र बेथितीलाई चिर्न लामो समयदेखि जेनजी पुस्ताले सामाजिक सञ्जालबाट आवाज उठाउँदै आइरहेको थियो । तर सरकारले हालै सामाजिक सञ्जाल बन्द गर्दै अभिव्यक्ति स्वतन्त्रतामाथि अंशुक लगाएपछि भने जेनजी पुस्ताले सेप्टेम्बर ८ अर्थात् सोमबार व्यापक विरोध प्रदर्शन गर्न लागेका हुन् । जेनजी समूहलाई चौतर्फी रुपमा समर्थन प्राप्त भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?