एमाले विधान महाधिवेशन : ओलीले दिए प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ

लोकपथ
119
Shares
फाइल तस्बिर

काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज हलमा जारी नेकपा (एमाले) को विधान महाधिवेशन अन्तिम चरणमा पुगेको छ । 

आज महाधिवेशनको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिन थालेका छन् ।

महाधिवेशनमा विभिन्न समूहगत छलफलका क्रममा नेताहरूले पार्टी नेतृत्वमा अध्यक्ष ओलीकै विकल्प नभएको निष्कर्ष निकालेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनसँगै अन्य प्रतिवेदनसमेत महाधिवेशनमा प्रस्तुत गरिएको थियो । ती प्रतिवेदनमाथि छलफल गर्न १० वटा फरक फरक समूह बनाइएको थियो ।

महाधिवेशनले प्रतिवेदनहरूमाथि छलफल, सुझाव संकलन र अन्तिम निष्कर्ष निकाल्ने प्रक्रिया जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?