कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले मुलुकमा संविधान निर्माण र यसको संरक्षणमा नेपाली कांग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
शनिबार कञ्चनपुरको दोधारा–चाँदनीमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गणतान्त्रिक शासन व्यवस्था सुदृढ पार्न कांग्रेसको योगदान आवश्यक रहेको बताए । उनले वर्तमान सरकारले नीतिगत र कानुनी सुधार कार्यान्वयन गरेको पनि स्मरण गराए ।
लेखकले दोधारा–चाँदनीमा निर्माण हुने देशकै ठुलो सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको आगामी भारत भ्रमणको अवसरमा संयुक्त रूपमा गरिने जानकारी पनि दिएका छन् ।
उनले भने, ‘दोधारा–चाँदनीमा पछिल्लो समय विकास तीव्र गतिमा अघि बढेको छ। महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि स्थानीय नागरिक बाढीको त्रासबाट सुरक्षित भएका छन् ।’
गृहमन्त्री लेखकले महाकाली नदीमा बनेको देशकै ठुलो पक्की पुलका कारण यहाँ अस्पताल र क्याम्पस निर्माण भएको, साथै जोगबुढा नदीमा तटबन्ध निर्माणका लागि बजेट विनियोजन भइसकेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया