एमालेको स्पष्टीकरण : ‘कर्ण थापाको फरक मत रोकेको होइन, समूहगत छलफलमा लैजान सुझाएको हो’

लोकपथ
329
Shares

काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत राख्न रोकेको दाबी अस्वीकार गरेको छ ।

आजको विधान महाधिवेशनमा थापाको फरक मत वाचन गर्ने भनिएपनि रोकिएको विषयमा उठेका प्रश्नबारे पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्पष्टीकरण दिएका हुन् ।

गौतमका अनुसार थापाले फरक मतको दस्ताबेज साथीहरूमाझ बाँडिसकेका थिए । तर हलमा प्रस्तुत गर्ने समय मागेपछि अध्यक्षले समूहगत छलफलमा लैजान आग्रह गरेको उनले बताए । गौतमले भने, ‘तपाईँको फरक मतको डकुमेन्ट आइसकेको छ, हामीले हेरिसक्यौँ, अब समूहगत छलफलमा लैजानुस् भनेका हौँ, ‘उनले स्वीकारे ।’

उनले बहुमत–अल्पमतको प्रश्न नरहेको भन्दै थापाले पनि समूहगत छलफलमा लग्ने सहमति जनाइसकेको स्पष्ट गरे । गौतमले थपे, ‘हामीले छलफल नै नगर्नुस् भनेका होइनौँ । छलफलबाट वञ्चित गरिएको छैन । विचार राख्न रोकिएको होइन, तर उनले प्रस्तुति नगर्नुभएको मात्रै हो ।’

उनका अनुसार अध्यक्षले आग्रह गरेपछि थापाले वाचन नगर्ने निर्णय गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?