काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेब्रा क्रसिङमा पैदल यात्रीलाई ठक्कर दिई गाडी फरार हुनु कुनै सामान्य दुर्घटना नभई गैर जिम्मेवारी र सत्ताको घमण्ड भएको टिप्पणी गरेकी छन् ।
डाँगीले सामाजिक सञ्जालमार्फत भनिन्, ‘जेब्रा क्रसिङमा पैदल यात्रीलाई ठक्कर दिएर मन्त्री सवार गाडी फरार हुनु कुनै सामान्य दुर्घटना होइन। यो सरासर गैर जिम्मेवारी र सत्ताको घमण्ड हो । पैदलयात्रीको पहिलो अधिकार हुने ठाउँमै गाडी कुदाएर भाग्नु, अनि प्रधानमन्त्रीबाट सामान्य छोएको भनेर पन्छिनु झन् दुःखद र असंवेदनशील प्रतिक्रिया हो ।’
उनले थपेकी छन्, ‘मन्त्री आफैँ गाडीमा सवार भएका कारण उनले आफ्नै जिम्मेवारी लिनु पर्ने थियो । सडकमा हामी सबै हिँड्ने मान्छे हौँ। हतार भएको कारणले कसैको ज्यान जोखिममा पार्न पाइँदैन । जेब्रा क्रसिङको सम्मान गरौँ, अरूको जीवनको मूल्य बुझौँ सरकार ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया