कांग्रेसले देशभित्रै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने लक्ष्य राख्नुपर्छ : गगन थापा

लोकपथ
469
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभित्रै आकर्षक रोजगारी सिर्जना गरेर युवा पलायन रोक्न आजको कांग्रेसले सपना देख्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थापाका अनुसार हाल देशमा पूर्वाधार विकाससँगै धेरै कुराहरू बदलिएको छ र बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको छ । 

उनले भने, ‘हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् । म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ। हाम्रो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नुपर्छ। गुणस्तरको रोजगारी बिना लाखौँ युवालाई पर्याप्त अवसर दिन सकिँदैन ।’

महामन्त्री थापाले नेपालको युवालाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने वातावरण निर्माण गर्नु कांग्रेसको मुख्य लक्ष्य हुनुपर्ने बताए । उनले थपे, ‘मेरो लागि सरकारमा बस्नु, टिक्नु वा नरहने कुरा गौण हुन् । मुख्य कुरा भनेको युवाका लागि रोजगारी सिर्जना गर्नु हो । मैले देखेको सपना आम नागरिकको सपना बनाउनेछु । यसका लागि पूर्ण प्रतिबद्ध छु ।’

थापाले विपी कोइरालाको उदाहरण दिँदै भने, ‘विपीले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेका थिए । आजको कांग्रेसले पनि युवालाई देशभित्रै बस्ने र गुणस्तरीय रोजगारी पाउने वातावरण बनाउन आवश्यक छ ।’

थापाले नेपालको वर्तमान अवस्थामा ५० हजारभन्दा बढीले गुणस्तरीय रोजगारी पाएको अवस्था नभएको उल्लेख गर्दै, ‘नेपालमा पनि कोरियाजस्तै आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्छ, ताकि युवा विदेश जाने बाध्य नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?