काठमाडौं । नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनका लागि समसामयिक राजनीतिक प्रस्ताव तयार गर्न ७ सदस्यीय समिति गठन गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शनिबार सचिव योगेश भट्टराईको संयोजकत्वमा समिति घोषणा गरेका हुन् । समितिमा स्थायी कमिटी सदस्य तथा प्रचार–प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्य उषाकला राई, सृजना काफ्ले र माधव ढुंगेल सदस्य रहेका छन् ।
समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकासम्बन्धी प्रश्नमा महाधिवेशनको धारणा तय गर्ने संयोजक सचिव भट्टराईले जानकारी दिए । उनका अनुसार प्रस्ताव तयारीका लागि समितिको बैठक आजै बस्नेछ ।
ललितपुरमा जारी विधान महाधिवेशनमा आज विभिन्न प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया