सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिने नासु पक्राउ

लोकपथ
511
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिने नायब सुब्बा (नासु) रामप्रसाद धमलालाई पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेमा कार्यरत नासु धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेका थिए ।

सेवाग्राहीसँग घुस मागेको सूचना पछि अख्तियारको बुटवलको कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनलाई आज बाँकेको नेपालगञ्जबाट पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?