काठमाडौं । राष्ट्रिय सभा सदस्य गोपाल भट्टराईले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विरोध गर्ने अवस्था नरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभामा भएको छलफलमा भाग लिँदै उनले लामो समयदेखि भूमिहिन सुकुम्वासी र दलितको समस्या समाधान हुन नसकेको भन्दै अब यो विधेयकले त्यस्ता समस्या अन्त्य गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘धेरै वर्षदेखि हामीले भूमिहिन सुकुम्वासीहरुको व्यवस्थापन गर्ने, राजनीतिक नारा लगाउने, तर नियमन गरेर टुंगो लगाउने कुरामा कहिल्यै सहमत हुने अवस्था भएन । यो विधेयकले त्यो समस्या समाधान गर्दछ । विरोध गरेर केही हुँदैन, विधेयकलाई अघि बढाउनुपर्छ ।’
सांसद भट्टराईले यो विधेयकले भूमिहिन सुकुम्वासी, दलितलगायतलाई एक पटक भूमिको मालिक बनाउने वा जग्गा उपलब्ध गराउने लक्ष्य बोकेको स्पष्ट पारे ।
साथै, दलित र भूमिहिनको समस्या अझै पनि ज्युँका त्युँ रहेको उल्लेख गर्दै उनले यसलाई समाधान गर्ने क्षमता विधेयकमै रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया