काठमाडौं । चिकित्सा शिक्षा सुधार लगायतका मागहरु राखेर अनसन बसेको वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनसन तोडेका छन्।
केसीले आइतबारदेखि कैलालीको गेटामा सञ्चालन हुने भनिएको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनसन बसेका थिए ।
केसीले मंगलबार दिउँसो कञ्चनपुरका ५२ वर्षीय पृतिम चौधरीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
केसी लामो समयदेखि नेपालको चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बस्दै आइरहेका थिए । उनले पछिल्लो समय गेटामा भने तीन दिनको अवधि तोकेरै २३औँ अनसनको थालनी गरेका थिए । केसी शरीरमा ग्लुकोजको मात्रा तीव्र गतिमा घट्न थालेको थियो । मंगलबार बिहान ६ बजे ३७ रहेको ग्लुकोजको मात्रा ११ बजे २७ मा झरेको थियो ।
डा। केसीले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढंगले निजी मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्यावृद्धि गर्ने निर्णय गरेको आरोप लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया