स्थानीय तहका महिला जनप्रतिनिधिहरु सक्षम छन् : लष्टलक्ष्मी शाक्य

लोकपथ
147
Shares

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहका महिला जनप्रतिनिधिहरू सक्षम रहेको बताएकी छन् । 

मंगलबार काठमाडौंमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधि कार्यक्रममा उनले महिला नेताहरूको आँट, हिम्मत र स्पष्ट सोच प्रशंसायोग्य भएको बताइन् ।

शाक्यले मुलुकलाई समृद्ध बनाउन महिलाहरूको नेतृत्व स्थापित गर्नु आवश्यक रहेको उल्लेख गर्दै सञ्चार माध्यमहरूले पनि महिलाहरूलाई अघि बढाउन सहयोग गर्नु पर्ने जिकिर गरिन् । 

उनले आफू ७२ वर्ष पुगेकाले बिस्तारै राजनीतिबाट रिटायर हुने बताउँदै पनि महिला नेतृत्वका लागि फिल्ड खाली नभएको प्रष्ट पारेकी छिन् ।

उपाध्यक्ष शाक्यले समाजलाई विभेदमुक्त बनाउन र नेपाललाई नयाँ, सुन्दर र समृद्ध राष्ट्र बनाउन महिलाहरूको सक्रिय नेतृत्व आवश्यक रहेको दोहोर्‍याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?