बाढीपहिरोले देशभरका विभिन्न १३ स्थानमा सडक अवरुद्ध

लोकपथ
231
Shares
फाइल तस्बिर

काठमाडौं ।  अविरल वर्षासँगै आएको बाढीपहिराेका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन्  । 

प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । 

पासाङल्हामु राजमार्गको  गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशूली–मैलुङ सडक बन्द छन् । 

ढोरपाटन– सालझण्डी, बेनी– दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द छन् । 

सुरक्षाकर्मी सडक खुलाउन परिचालन भएका छन् । बाढी पहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ  सडकमा एकतर्फी सवारीसाधन सञ्चालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?