काठमाडौं । राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा सभाध्यक्षले मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम छ । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया