काठमाडौं । निर्देशक दिनेश राउतले नयाँ चलचित्र ‘कुमारी’ निर्माण घोषणा गरेका छन् । शुक्रबार साँझ काठमाडौँको टुँडिखेलमा एक भव्य कार्यक्रमको आयोजना गरी चलचित्र घोषणा गरिएको हो ।
कार्यक्रममा मुख्य कलाकारको रूपमा अविशेष खड्का र आकृति राजभन्डारीलाई प्रस्तुत गरियो । गायक केहरसिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ को प्रस्तुतिले थप रौनक थपेको थियो ।
चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहनेछ। सङ्गीत गायक केहरसिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीले तयार पार्नेछन् भने गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन् ।
निर्माण बिनिश इन्टरटेन्मेन्टको सहकार्यमा भइरहेको ‘कुमारी’को छायाङ्कन यसै हप्तादेखि काठमाडौँमा सुरु हुँदैछ र यसै वर्ष प्रदर्शन गरिनेछ। डिजिटल वितरण मोशन पिक्चर्सले गर्नेछ भने थिएट्रिकल वितरण डीसीएन र कुवेर सिने डिस्ट्रीब्युशनले सम्हाल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया