काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूमाथि लगाइएको मुद्दा बिना कारणको भएको दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले हदबन्दी भन्दा बढी जग्गा दिने र दिएको भन्दा बढी जग्गा विक्री गर्न दिने काममा मुद्दा लगाइएको भए पनि त्यसमा कानुनी आधार नरहेको बताएका हुन् ।
उनले नेपालको कानूनले हदबन्दी छुटलाई नियमन गर्ने विशेष व्यवस्था गरेको उल्लेख गर्दै, सरकारले सूचित आदेश बमोजिम हदबन्दीभन्दा बढी जग्गा राख्न स्वीकृति दिन सक्ने र आवश्यक शर्तहरु तोक्न सक्ने व्यवस्था रहेको बताए ।
नेपालले आफ्नो प्रधानमन्त्री पदमा हुँदा पतञ्जली जग्गासम्बन्धी निर्णय मन्त्रीपरिषद्बाट सर्वसम्मतिले गरिएको दाबी पनि गरेका छन् । उनले त्यसबेला क्याबिनेटमा विद्या देवी भण्डारी, एमाले महासचिव शंकर पोखरेल, सुजाता कोईराला, भीम रावल र मिनेन्द्र रिजाल लगायतका नेताहरू रहेका जानकारी गराए ।
अध्यक्ष नेपालले भने, ‘हदबन्दी भन्दा बढी जग्गा विक्री गर्न दिने काममा गल्ती भयो भन्ने कानुनी आधार छैन । क्याबिनेटको सर्वसम्मतिले निर्णय गरिएको छ । मेरो जीवनमा मैले कुनै पनि गलत काम वा बद्मासी गरेको छैन ।’
नेपालले आफ्ना क्रियाकलापमा कुनै भ्रष्टाचार वा हिनामिनाको आरोप पनि अस्वीकार गर्दै, कानून अनुसार सरकारको स्वीकृति भएको अवस्थामा हदबन्दीभन्दा बढी जग्गा राख्न वा बिक्री गर्न दिने अधिकार रहेको स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया