रास्वपा नेता पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

लोकपथ
833
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले शुक्रबार उनलाई विद्युतीय कारोबार (साइबर क्राइम) सम्बन्धी मुद्दामा बयान र थुनछेक बहसपछि सो आदेश दिएको हो । 

सरकारी वकिलले उनीविरुद्ध आजै बिहान मुद्दा दर्ता गरेको थियो । 

सामान्यतः कुनै पनि फौजदारी कसुरका मुद्दा दर्ता भएको भोलिपल्ट मात्र बयान र बहस हुने गरेपनि उनलाई मुद्दा दर्ता गरेकै दिन बयान र बहस गराई अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पाँडेलाई बुधबार नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो । उनलाई बिहीबार अदालतमा हाजिर गराउँदा जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । पाँडेलाई साइबर अपराधसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको थियो । 

एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन् । जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका थिए । पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?