कर्मचारीलाई बढी बोनस दिनेमा नबिल बैंक अगाडि

लोकपथ
1.1k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका ‘क’ वर्गको इजाजत प्राप्त बैंकहरु यानेकी वाणिज्य बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कर्मचारीहरुलाई धेरै बोनस छुट्टयाएका छन् ।

वाणिज्य बैंकहरुले आर्थिक वर्ष ०८१–०८२ मा आफ्नो कर्मचारीहरुको सुविधाका लागि साढे १० अर्ब भन्दा बढी रुपैयाँ बोनसका लागि छुट्याएका हुन् ।

नेपाल राष्ट बैंकले हालै सो तथ्यांक सार्वजनिक गर्दै २० वाणिज्य बैंकले गत आर्थिक वर्षमा आफ्नो कर्मचारीको लागि बोनस वितरण गर्न १० अर्ब ६१ करोड १३ लाख रुपैयाँ छुट्याएका हुन् ।

गत आर्थिक वर्षको नाफाबाट एनआइसी एसिया बैंकले कर्मचारीका लागि छुट्टाएको बोनस रकमले एक दिन बराबरको तलब पनि नपुग्ने देखिएको छ । बैंकले जारी गरेको तथ्यांक अनुसार गत वर्षको नाफाबाट अति निम्न तहका कर्मचारीको समेत एक दिन बराबरको तलब नपुग्ने देखिएको हो ।

बैंकहरुले कमाएको खुद नाफाबाट आफ्ना कर्मचारीलाई १० प्रतिशतसम्मको बोनस रकम दिन पाउँछन् । सोही आधारमा बैंकहरुले लगानीकर्ताभन्दा पहिले आफ्ना कर्मचारीहरुलाई बोनसका लागि रकम छुट्टाउन पाउँछन् ।

वाणिज्य बैंकहरुले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्षको मुनाफाबाट एनआइसी एसिया बैंकले आफ्ना कर्मचारीका लागि भन्दै कुल २ करोड ४० लाख ८० हजार रुपैयाँको हाराहारीमा रकम छुट्टाएको छ ।

एनआइसी एसिया बैंकमा करिब ३ हजार २ सयको हाराहारीमा कर्मचारी रहेका छन् । सबै कर्मचारीलाई बराबर बोनस बाँड्ने हो भने पनि एक कर्मचारीको भागमा ७ हजार ५ सय २५ रुपैयाँ भाग पर्छ । उक्त रकमलाई ३० दिनको एक महिना मानी भाग गर्ने हो भने प्रति दिन २५० रुपैयाँ मात्रै हुन जान्छ ।

जबकि बैंकमा काम गर्ने निम्न तहको कर्मचारीको औसत तलब समेत मासिक २० हजार रुपैयाँ हुने हो भने पनि दैनिक ज्यालादारीमा समेत ६६६ रुपैयाँ हुन जान्छ । तर एनआइसी एसिया बैंकका कर्मचारीका लागि भन्दै छुट्टाइएको बोनस रकमले उनीहरुका लागि एक दिन बराबरको तलब पनि नपुग्ने देखिएको छ ।

एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफाबाट मध्यम तहका कर्मचारीको हिसाब गर्दा करिब १५ दिन बराबरको बोनस रकम दिएको थियो ।

गत आर्थिक वर्षको नाफाबाट यस आर्थिक वर्षमा कर्मचारीका लागि सबैभन्दा बढी रकम भने नबिल बैंकले छुट्टाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट कर्मचारीका लागि बोनस भन्दै कुल एक अर्ब १४ करोड ९५ लाख १० हजार रुपैयाँ छुट्टाएको छ ।

नबिल बैंकले गत आर्थिक वर्षमा कुल १ अर्ब ८ करोड ८३ लाख ६० हजार रुपैयाँ कर्मचारीलाई बोनसका रुपमा बाँडेको थियो । यस आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा ५ दशमलब ६२ प्रतिशत बढी रकम कर्मचारीका लागि बोनसका रुपमा दिन लागेको हो ।

विभिन्न २० वटा वाणिज्य बैंकहरुको तथ्यांक हेर्दा यस आर्थिक वर्षमा गत आर्थिक वर्षको भन्दा ९ दशमलव ७२ प्रतिशतले बढी रकम कर्मचारीलाई बोनस दिन सक्ने देखिएको छ ।

प्राप्त तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि कर्मचारीलाई बोनसका लागि भन्दै कुल १० अर्ब ६१ करोड १३लाख ७० हजार रुपैयाँ छुट्टाएका छन् । गत आर्थिक वर्षमा भने यो रकम ९ अर्ब ६७ करोड १२ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

यस वर्ष नेपाल बैंक, माछापुछ्रे बैंक, कुमारी बैंक, एनएमबी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एन्भेष्टमेन्ट मेघा बैंक आदिले नाफामा बोनसमा छलाङ मार्दा एनआइसी एसिया बैंकले कर्मचारीलाई दिने बोनसमा ८९ प्रतिशतले कमी आएको छ ।

त्यस्तै कर्मचारीलाई दिने बोनस रकममा अत्याधिक गिरावट आएको अर्को बैंक हिमालयन बैंक हो । जसले गत आर्थिक वर्षमा ४४ करोड ९६ लाख रुपैयाँ बोनस बाँडेकामा यस आर्थिक वर्षमा २३ करोड १८ लाख २० हजार रुपैयाँ मात्रै बोनस बाँड्न लागेको छ, जुन गत आर्थिक वर्षको भन्दा ४८ दशमलब ४४ प्रतिशतले कम हो ।

बोनस वृद्धिमा यस्ताा छन् तीन अग्रणी बैंक

१. नेपाल बैंक :

नेपाल बैंकले कर्मचारी बोनसको लागि राखेको रकममा सबैभन्दा बढी अर्थात् ८७ दशमलव ५५ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । गत वर्ष मात्रै १५ करोड २१ लाख ९० हजार रुपैयाँ बोनस राखेको यो बैंकले यसपटक २८ करोड ५४ लाख ३० हजार रुपैयाँ छुट्टाएको छ । कर्मचारीका लागि छुट्टाएको बोनसमा वृद्धिको कारण भनेको बैंकको नाफामा १५ दशमलव १ प्रतिशतको वृद्धि र ऋण ह्रास लगानीमा भएको ४८ दशमलब ३ प्रतिशतको कमीले सम्भव भएको हो ।

२. माछापुच्छ्रे बैंक :

माछापुछ्रे बैंकले यस आििर्थक वर्षमा कर्मचारीलाई दिने रकममा ४९ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष २१ करोड ५६ लाख ३० हजार बोनस बाँडेको बैंकले यसपटक ३२ करोड २७ लाख रुपैयाँ छुट्टाएको छ ।

३. कुमारी बैंक :

कुमारी बैंकले पनि आफ्ना कर्मचारीका लागि गत वर्षको भन्दा ४७ दशमलब १६ प्रतिशत बढी रकम बोनसका लागि छुट्टाएको छ । गत वर्ष बोनसका लागि छुट्टाएको ४३ करोड ६५ लाख ३० हजारबाट यस वर्षका लागि ६४ करोड २३ लाख ८० हजार पुगेको छ ।

यस्ता छन्, कर्मचारीको बोनस रकममा उल्लेख्य वृद्धि गर्न केही बैंकहरु

एनआईएमबी बैंक : ३०.८९%
एभरेस्ट बैंक : ३२.९०%
लक्ष्मी सनराइज बैंक : ३५.०९%
एनएमबी बैंक : ४०.४४%

Nepali Banks Staff Bonus Analysis

Nepali Banks Staff Bonus Analysis

Comparison of Staff Bonus Distribution for FY 2081/82 and FY 2080/81 (in NPR)

Total Bonus Distributed (FY 2081/82)

NPR 10,611,370,000

Total Bonus Distributed (FY 2080/81)

NPR 9,671,240,000

Overall Growth

+9.72%

Highest Growth

Nepal Bank (+87.55%)

Lowest Growth

NIC Asia Bank (-88.78%)

S.N Bank Name FY 2081/82 (NPR) FY 2080/81 (NPR) Difference %

बोनस रकम घटाउने प्रमुख ३ बैंकहरू

१. एनआईसी एसिया बैंक :

गत वर्षको तुलनामा बोनस रकम घटाउने बैंकहरुमा एनआसी एसिया बैंक सबैभन्दा अगाडि रहेको छ ।

एनआइसी एसिया बैंकको बोनस रकममा सबैभन्दा ठूलो गिरावट अर्थात् ८८ दशमलव ७८ प्रतिशतले कमी आएको छ । जुन रकमबाट बैंकले आफ्ना कर्मचारीलाई एक दिन बराबरको बोनस दिन सक्ने अवस्थासमेत रहेको छैन ।

२. हिमालयन बैंक :

हिमालयन बैंकको कर्मचारी बोनस रकममा पनि ठूलो ह्रास आएको छ । बैंकले गत वर्ष भन्दा यस वर्ष ४८ दशमलव ४४ प्रतिशत कम रकम कर्मचारीका लागि बोनस रकम दिँदै छ । गत वर्ष ४४ करोड ९६ लाख रुपैयाँ बोनस राखेको यो बैंकले यसपटक २३ करोड १८ लाख २० हजार रुपैयाँ मात्रै छुट्टाएको छ ।

३. प्रभु बैंक :

गत वर्षको बोनससँग तुलना गर्दा कर्मचारीका लागि बोनस घटाउने बैंकमा प्रभु बैंकसमेत रहेको छ । प्रभु बैंकले गत वर्षभन्दा १० दशमलव ६२ प्रतिशतले कर्मचारीको बोनस रकम घटाएको छ । गत वर्ष ७८ करोड ३८ लाख ३० हजार रुपैयाँ बोनस बाँडेकामा यस वर्ष बैंकले ७० करोड ५ लाख ७० हजार रुपैयाँ बोनसका लागि छुट्टाएको छ ।

त्यसैगरी गत वर्ष भन्दा यस वर्ष कर्मचारीको बोनस रकम घटाउने बैंकहरुमा सिटिजन्स बैंकले गत वर्षभन्दा ११ दशमलब ९ प्रतिशत कम बोनस दिन लागेको छ । त्यसैगरी नेपाल एसबीआई बैंकले गत वर्षभन्दा ५ दशमलब ८७ प्रतिशतले कम बोनस बाँड्न लागेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ दशमलव ६६ प्रतिशतले घटाएको छ ।

रकमका आधारमा नबिल बैंक सबैभन्दा अगाडि

बोनस रकमका आधारमा विश्लेषण गर्ने हो भने आफ्ना कर्मचारीका लागि बोनस रकम बाँड्नेमा नबिल बैंक सबैभन्दा अगाडि देखिएको छ । नबिल बैंकले यस वर्ष १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ कर्मचारीहरुका लागि बोनस छुट्टाएको छ । जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ५.६२ प्रतिशतले बढी रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?