सङ्खुवासभा । माछा मार्न कासुवाखोला गएका मकालु गाउँपालिका–३ उलिङका ४५ वर्षीय जापान राईको ढुंगामा चिप्लिएर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार बुधबार अपराह्न ढुंगामा चिप्लिएर राई लडेका थिए । घटनाको जानकारी पाएपछि हेदाङ्नागढीस्थित इलाका प्रहरी कार्यालयको टोली तत्काल घटनास्थल पुगेको उनले बताए ।
राईको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । साथै उनीसँगै माछा मार्न गएका भानसिंह राईसँग प्रहरीले सोधपुछ तथा अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया