काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबिच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
भारत र चीनबिच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र नभई चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि प्रश्न गर्ने बेला आएको उनको भनाइ छ ।
चीनले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारतसँग सहमति गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप लगाए ।
उनले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा अब हाम्रो प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्रै छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङ या ली क्याङसँग पनि हाम्रो प्रश्न छ । नेपाल र चीनको बीचमा भएका धेरै सम्झौताहरु र बोर्डर इस्युहरुमा जे खालको सहमति छ त्यसमा लिपुलेक त हाम्रो हो भन्ने उनीहरुलाई थाहा छ नि त । अब व्यापारको कुरामा चीनको पनि स्पष्ट कुरा देखिएन । यो विषयमा आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा छोटो वार्ता गर्ने हाम्रो योजना रहेको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा यो विषयमा वार्ता हुने पनि उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया