काठमाडौं । भदौ ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रहेका पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्का १० निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणी सुवेदीले पेस गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा सूचीकरणको लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणबाट ती सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।
यसैगरी नेपाली सेनातर्फ चारजना उपरथीहरुको सरुवा गर्ने, एकजना रथीलाई उपरथी दर्जामा बढुवा गर्ने, एकजना महासेनानीलाई सहायक रथी दर्जामा बढुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सबै निर्णय पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया