रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी आत्मदाह गर्दै गरेको अवस्थामा भेटिएका छन् ।
आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले उनलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको हो ।
रुबीको हत्या आरोपमा प्रहरीले लक्ष्मण पासवानलाई खोजी गरिरहेको थियो । उनलाई रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको हो । प्रहरीले उनलाई अस्पताल पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणि गिरीले हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैँले आगो लगाएको बताए । उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
रुवीकाे हत्या आराेपमा पक्राउ परेका पासवान केही समयअघि मात्रै मलेसियाबाट नेपाल फर्किएको पाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी गिरीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया