काठमाडौं । आज हरितालिका तीजको दोस्रो दिन । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ ।
भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाहरूले भगवान शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउने गर्छन् । पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुने मान्यता छ ।
हिजोको दरको भरमा आज आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ ।
तीजका अवसरमा अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि पशुपतिनाथ मन्दिरमा भीडभाड लागेको छ । बिहानैबाट पुजाआजा गर्ने र नाचगान गर्नेहरुको घुइँचो लागेको हो ।
तस्बिरहरु हेर्नुहोस् :












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया