काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको नवनिर्मित भीआईपी कक्षको उद्घाटन गरिएको छ ।
विमानस्थलको आधुनिकर सुविधा सम्पन्न नवनिर्मित भीआईपी कक्षको सोमवार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटनतथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले उक्त आवागमन कक्षले विमानस्थलको भीड नियन्त्रण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले विमानस्थलको भीडनियन्त्रण र सुरक्षालाई ध्यानमा राजनीतिक तथा प्रशासनिक व्यक्तिहरुको लागि छुट्टै आन्तरिकआवागमनको व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले संवैधानिक निकाय, प्रशासनिकक्षेत्रका प्रतिनिधि तथा आम नागरिकका लागि फरक–फरक कक्षको व्यवस्था उपयोगी र व्यवस्थितहुने उनको विश्वास छ । मन्त्री पाण्डेले अन्तरराष्ट्रिय आवागमनको कक्षमा जस्तै आन्तरिकआवागमन कक्षमा समेत सिआईपीको व्यवस्था गर्न समेत सरोकारवाला निकायहरुलाई आग्रह गरे ।
विमानस्थलको सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन चरणबद्ध रुपमा सुधारका कामहरु गर्दै जानेप्रथिवद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘संवैधानिक निकाय तथा प्रशासनिक क्षेत्रकाप्रतिनिधिहरुको र आम नागरिकको अलग अलग कक्षको व्यवस्था गरिदियौं भने त्यसले पनि विमानस्थलकोसुरक्षा र भीड नियन्त्रणमा सहजता हुनसक्छ । भोलिको दिनमा यी कक्षहरु सञ्चालन गर्दैर्दासमिक्षा गरौंला । राजनीतिक नेतृत्व, जनप्रतिनिधिहरुकोचाँही आवागमन हुने ठाउँ र प्रशासनिक, न्यायिक र संवैधानिक क्षेत्रका मानिसहरुकोआवागमन हुने ठाउँ केही सेपरेट भयो भने त्यसले केही सहजता हुनसक्छ । त्योदृष्टिकोढणबाट पनि हामीले हेर्यौं । हामीले अन्तरराष्ट्रिय हवाई क्षेत्रमा हामी सिआईपीकोव्यवस्था गरेका छौं । अब हामीले आन्तरिक आवागमनका लागि पनि सिआईपीको व्यवस्था गर्नकोलागि पनि म आग्रह गर्न चाहान्छु ।’
यसअघि आन्तरिक टर्मिनलको भित्री क्षेत्रमा भीआईपी सेवा दिने गरिएको थियो । अब ठूलो ठाउँबाट भीआईपी सेवा उपलब्ध हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया