काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको निर्वाचन बुधबार हुने भएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सोमबार विज्ञप्ति जारी गरी सभामुख देवराज घिमिरेले निर्वाचन मिति तय गरेको जानकारी दिएका हुन् ।
कुलिङ पिरियडसम्बन्धी विवादका कारण समितिको सभापति पदबाट कांग्रेस सांसद रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएपछि सो पद रिक्त छ ।
पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले सोमबार निर्वाचन गर्नुपर्ने बाध्यता थियो । तर दुई दिनपछि हुने गरी मिति घोषणा गरिएको हो ।
नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाउन सभामुखले आइतबार दिनभरि गरेको प्रयास सफल नभएको उनको सचिवालयले दाबी गरेको छ ।
‘अन्य दलको दाबी नरहेको अवस्थामा सभामुखले कांग्रेस प्रमुख सचेतकसँग दुई पटक छलफल गर्नुभएको थियो । तर आन्तरिक छलफल गर्नुपर्ने भएकाले सूचना रोकिदिन आग्रह गर्नुभएको थियो,’ सभामुखको सचिवालयले भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया