बर्दियाबाट भारत लैजाँदै गरेको ४८ लाख रुपैयाँभन्दा बढीको भेप सशस्त्र प्रहरीद्वारा बरामद

लोकपथ
1.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरीले बर्दियामा ४८ लाख रुपैयाँभन्दा बढी मूल्यबराबरको इलेक्ट्रिकल भेप बरामद गरेको छ ।

बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको भेप आइतबार बिहान करिब १ बजे सशस्त्र प्रहरीको शक्तिपुर बीओपीबाट खटिएको टोलीले बरामद गरेको हो । टोली सशस्त्र प्रहरी नायव निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा खटिएको थियो । 

सशस्त्र प्रहरीका केन्द्रीय का सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार २ वटा साइकलमार्फत लैजाँदै गरिएको १ हजार ९ सय २० थान भेप बरामद गरिएको हो । बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो ।

उनीहरू सशस्त्र प्रहरी देख्नासाथ सामान छाडेर फरार भएका थिए । बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?