काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन आइतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ थियो।
यस्तै, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार चाँदी २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया