काठमाडौं । प्यालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको परिवारले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेटेको छ ।
विपिनकी बहिनी र आमाले आइतबार दिउँसो आमा र बहिनीले राणालाई भेटेका हुन् ।
परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेख्दै विपिनको रिहाइका लागि थप पहल गर्ने प्रतिबद्धता जनाएकी छन् ।
त्यसो त विपिनको रिहाइका लागि दबाब सिर्जना गर्न आमा र बहिनी केही दिनअघि इजरायल नै पुगेका थिए । त्यहाँ उनीहरुले इजरायलका राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न देशका राजदूत समेत भेटेका थिए । केही दिनअघि नेपाल फर्किएका उनीहरुले प्रधानमन्त्री, राष्ट्रपतिदेखि उच्च पदस्थ राजनीतिक नेताहरुलाई भेट गरिरहेका छन् ।
परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जालमा लेखेकी छन् :
‘हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग आज परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेँ । उहाँहरुले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह पनि गर्नुभयो ।परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूताबासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल जानुभएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरुले मलाई भेटेर यस विषयमा जानकारी गराउनुभयो । मैले उहाँहरुलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरुको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया