रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

लोकपथ
1.6k
Shares

काठमाडौं । रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेट नजिकै सुटकेसभित्र एक महिलाको शव फेला परेको छ ।

शनिबार राति सडक किनारमा डोरीले बाँधिएको अवस्थामा सुटकेस भेटिएपछि प्रहरीले खोल्दा भित्र महिलाको शव रहेको पाइएको हो । प्रारम्भिक अनुमानअनुसार हत्या गरी शव सुटकेसमा हालिएको हुनसक्ने बताइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?