काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै तीखो प्रश्न गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले, ‘राजनीति छोड्दा गर्ल्यामगुर्लम हुने के छ ?’ भन्दै दाहाललाई कटाक्ष गरेका हुन् ।
नेता रिजालले हालै दाहालले गरेको अभिव्यक्तिलाई उद्धृत गर्दै व्यंग्य गरे । केही दिनअघि सार्वजनिक कार्यक्रममा दाहालले आफूले राजनीति छोड्दा सबै ‘गर्ल्यामगुर्लम ढल्ने हो की जस्तो लाग्ने गरेको’ टिप्पणी गरेका थिए । यसलाई लिएर रिजालले भने, ‘नेपालमा कुनै दलका नेताले ‘मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम हुन्छ’ भन्ने धारणा राख्छन् । आखिर पृथ्वी नै बोकेको जस्तो के छ ?’
उनले थपे, ‘छोड्नै नमिल्ने जस्तो, सारा पृथ्वी बोकिरहेको जस्तो गोलमाल हुने ठाउँमा बस्ने हाम्रो नेताको अवस्था छ । तर राजनीतिमा पुस्तान्तरण भन्ने हुँदैन, त्यो त राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा भने जसले सक्छ, उसैले अघि बढाउने हो ।’
कांग्रेसभित्रको अवस्थाबारे पनि टिप्पणी गर्दै रिजालले धुलो पुछ्न सके कांग्रेस अझै कांग्रेसकै रूपमा देखिने बताए । उनका अनुसार कांग्रेसलाई फेरि सशक्त बनाउन सफा गर्ने र सुधार गर्ने आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया