यस वर्षको मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’ र जगदम्बाश्री प्रेमदेव गिरीलाई

लोकपथ
595
Shares

काठमाडौं । यस वर्षको मदन पुरस्कार छुदेन काविमोको पुस्तक ‘उरमाल’ ले प्राप्त गरेको छ ।

आज बसेको मदन पुरस्कार गुठीको बैठकले काविमोको उरमाललाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै आजको बैठकले ‘लोकभाका सङ्कलन र संरक्षण’मा विशिष्ट योगदान पुर्‍याएका प्रेमदेव गिरीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ ।

यसवर्षको मदन पुरस्कारका लागि ७ वटा पुस्तक छनोटमा परेका थिए ।

छुदेन काविमोको “उरमाल”, रमेश भुसालको “छालबाटोः कैलाशदेखि गङ्गासम्म”, कुमारी लामाको “दर्ज्यु संलाप”, मनप्रसाद सुब्बाको “पञ्चतत्त्वको पालाम”, श्रेयज सुवेदीको “बहुरुपी” सुधीर शर्माको “भिक्षु, व्यापार र विद्रोह नेपालको भोट–चीन सम्बन्ध र भारत”, तथा तीर्थ श्रेष्ठको “हिउँको गीत” छनोटमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?