उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : निशा डाँगी

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानालाई हटाउने सरकारको प्रयासप्रति असन्तुष्टि जनाएको छ ।

शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुँदा आकस्मिक समय लिएर बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले सरकार जनताको समस्यामा सुस्त रहेको तर उपसभामुखलाई हटाउन भने सक्रिय देखिएको बताइन् ।

उनले भनिन्, ‘सरकारले न्याय नभई आफ्ना मानिसलाई मात्र बचाउँदै अघि बढिरहेको छ। यसले नयाँ प्रकारको पक्षपात सिर्जना गरेको छ ।’

रास्वपाले यस विषयमा संसदमा ध्यानाकर्षण गराउँदै सरकारको क्रियाकलापप्रति प्रश्न उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?