सशस्त्र प्रहरीमा जागिरका लागि दरखास्त खुल्यो, साधारण लेखपढदेखि कम्तीमा ८ कक्षा उत्तीर्णले आवेदन दिनसक्ने

लोकपथ
1.5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलले शुक्रबार ठूलो संख्यामा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ । 

आज एक विज्ञापन मार्फत सशस्त्र प्रहरी बलले जवान, सशस्त्र प्रहरी परिचर (भान्से, कुचीकार, सूचीकार, केशकर्तक र चर्मकर्मी) पदका लागि दरखास्त आह्वान गरेको हो ।

विज्ञापनमा उल्लेख भएअनुसार जवान ७८६ जना, भान्से २६, कुचीकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी आठ सय ४६ जना माग गरिएको छ । जवानका लागि कम्तीमा ८ कक्षा उत्तीर्ण भएको हुनुपर्ने छ भने परिचरका लागि साधारण लेखपढ भएपनि हुने छ । 

ती रिक्त पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सकिने सशस्त्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?