विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित राजवंशीले जनता आवास कार्यक्रमबाट घर नलिने बताएका छन् ।
विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो परिवार राख्न घर बनाउन आफैँ सक्षम रहेको बताए । उनले भने, ‘घर बनाउन म सक्षम छु, सरकारले यो योजना विपन्न परिवारका लागि ल्याएको हो भने त्यही परिवारलाई घर दिनुपर्छ ।’
राजवंशीले यसैपालि घर बनाउने योजना बनाएको तर आमा शुभकुमारी राजवंशीको निधनका कारण पूरा गर्न नसकेको बताए ।
उनले सहानुभूतिका आधारमा सरकार वा अन्य निकायले केही सहयोग गर्न चाहे लिन तयार रहेको तर विपन्नका लागि भनेर आएको आवास सुविधा आफूले नलिने स्पष्ट गरे ।
हाल राजवंशीको परिवार विराटनगरमा बस्दै आएको छ र परिवारको नाममा महानगरपालिकाभित्र एक विगाह जग्गा रहेको छ ।
प्रदेशसभा सदस्य अमृत अर्यालले केही दिनअघि राजवंशीलाई जनता आवास कार्यक्रमअन्तर्गत घर बनाइदिने घोषणा गरेका थिए । सो घोषणाले उनलाई प्रशंसा पनि मिळेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया