काठमाडौं । नेपालमा अटोमोबाइल क्षेत्रको महाकुम्भ मेलाका रुपमा हेरिने नाडा अटो शो २०२५ जारी रहेको छ ।
मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शोमा आज दोस्रो दिन पनि अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रहेको छ ।
नाडा अटो शो मा स्वदेशीदेखि विदेशी ब्राण्डका सवारीसाधनहरुको उल्लेख्य सहभागिता रहेको छ । त्यसो त दुवै दिन नाडा अटो शोमा डीपलले चीनबाट ल्याएको ‘फ्लाइङ कार’ यानेकी उड्ने कार आकर्षणको केन्द्र बनेका छन् । साथै टाटा मोटर्स, सीजी मोटर्स लगायत थुप्रै कम्पनीहरुले आ–आफ्ना सवारीसाधनहरु प्रदर्शनमा राखेका छन् ।
नाडाले भने उक्त प्रदर्शनी केवल देखाउनका लागि मात्रै राखिएको नभइ व्यवसायका लागि समेत राखेको बताएको छ ।









यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया