विपक्षीले विरोध गर्ने संकेतपछि प्रधानमन्त्रीको प्रश्नोत्तर स्थगित, कारण स्वास्थ्य समस्या देखाइयो

लोकपथ
1.2k
Shares

काठमाडौं । आज बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर नहुने भएको छ ।

आज दिउँसो १ बजे बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुसँग प्रश्नोत्तर गर्ने कार्यसूची रहेको थियो । तर अन्तिम अवस्थामा आएर प्रधानमन्त्री ओलीले स्वास्थ्यमा समस्या आएको जनाउँदै प्रश्नोत्तरमा भाग लिन नखोजका हुन् ।

आजको बैठक प्रयोजनार्थ बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले सो कुरा जानकारी गराएका हुन् ।

‘एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा ‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने’ जानकारी गराउनुभएको छ,’ सभामुखको सचिवालयले भनेको छ ।

त्यसो त आजको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध गर्ने तयारी गरेका छन् । उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन एमाले र कांग्रेसले हस्ताक्षर संकलन गरेपछि विपक्षी दलहरुले संसदमा सशक्त प्रतिरोध गर्ने तयारी गरिरहेका छन् । सो कारण पनि प्रधानमन्त्री ओलीले स्वास्थ्यमा समस्या देखाउँदै प्रश्नोत्तरमा भाग नलिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?