टप एन्ड टी-२० सिरिज : नेपाल र मेलबर्न रेनेगेड्सबिच प्रतिस्पर्धा हुँदै

लोकपथ
2.8k
Shares

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिज अन्तर्गत नेपालले आफ्नो पाँचौँ खेल बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ ।

डार्विनस्थित पार्मर्स्टनको काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । 

नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने रेनेगेड्सलाई बिग ब्यास लिगका कप्तान विल सदरल्याण्डले नेतृत्व गर्नेछन् ।

नेपालले हालसम्म खेलेका चार खेलमध्ये तीनमा पराजय बेहोरेको छ भने एक खेलमा जित निकाल्न सफल भएको छ । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बंगलादेश ‘ए’सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । तर मंगलबार भएको चौथो खेलमा नेपालले होबार्टविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ६६ रनको विजय हात पारेको थियो ।

होबार्टविरुद्धको जीतसँगै नेपालले जितको लयलाई निरन्तरता दिने लक्ष्यसहित रेनेगेड्सविरुद्ध मैदानमा उत्रिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?