काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरी देउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पाँचखालका अनुसार काठमाडौंबाट कोशीपारीतर्फ मोटरसाइकलमा गइरहेका खरेललाई पाँचखालतर्फ गइरहेको ट्रकले उछिन्ने क्रममा ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई तत्कालै धुलिखेल अस्पताल पुर्याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक र चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया