‘नाडा अटो शो’मा फोटोन टुनल्यान्डका यी सवारी प्रदर्शनमा

लोकपथ
21
Shares

काठमाडौं । नेपालको बजारमा टुनल्यान्ड ‘सेभेन जी’को सफल लन्चपछि फोटोन टुनल्यान्ड यसपटक नाडा अटो शोमा आफ्ना उत्कृष्ट सवारीहरू प्रदर्शनीमा राखेको छ ।

यीमध्ये तीन प्रमुख मोडलहरू टुनल्यान्ड V9, टुनल्यान्ड G7 र E टुनल्यान्ड विशेष आकर्षणको केन्द्र बन्ने कम्पनीको दाबी रहेको छ ।

यी सबै गाडीहरू उच्च पर्फर्मेन्स, दमदार एक्सटेरियर र भरपर्दो सुविधाका लागि परिचित रहेको कम्पनीको दाबी छ ।

हाइब्रिड पिकअप टुनल्यान्ड V9 एक मजबुत र शक्तिशाली गाडी हो, जुन हरेक किसिमका सडक तथा ड्राइभिङ अवस्थाका लागि उपयुक्त छ । चाहे कामका लागि होस् वा मनोरञ्जनका लागि, साहसिक यात्रादेखि लामो दूरीको भ्रमणसम्म, यो सबैका लागि उपयुक्त रहेको बताइन्छ । यसको शक्तिशाली इन्जिन र आकर्षक डिजाइनले नाडा अटो शोमा सबैको ध्यान खिच्न सक्ने कम्पनीले जनाएको छ ।

टुनल्यान्ड G7 एक स्टाइलिश पिकअप हो, जुन अहिले नाडा अटो शोमा प्रदर्शनका लागि राखिएको छ ।

सहज ड्राइभिङ मन पराउने चालकहरूको रोजाइमा पर्न सफल यो मोडलले आकर्षक लुक, आरामदायी इन्टेरियर र मजबुत ड्राइभिङ अनुभव दिने कम्पनीले जनाएको छ ।

त्यसपछि हामीसँग E टुनल्यान्ड रहेको छ जुन इलेक्ट्रिक पिकअप हो र यसले टुनल्यान्डको ग्रीन भविष्यतर्फको कदमलाई देखाउँछ । इन्धनरहित पिकअप ल्याएर टुनल्याण्डले वातावरणमैत्री विकल्प प्रदान गर्दैछ जसमा फोटोन टुनल्यान्डका गाडीहरूबाट सधैं अपेक्षा गरिने पावर र पर्फर्मेन्सका विशेषताहरू भने यथावत छन् ।

एमएडब्लू वृद्धि कमर्शियल नेपालमा फोटोनको आधिकारिक वितरक हो, जुन विश्वमा लोकप्रिय व्यावसायिक सवारी, प्यासेन्जर सवारी र न्यू इनर्जी सोलुसन्समा विशेषज्ञता राख्ने अटोमोबाइल ब्राण्ड हो ।

गुणस्तर, दिगोपन र इनोभेसनमा समर्पित एमएडब्लू वृद्धि कमर्शियलले प्रोफेसनल आफ्टर सेल्स सर्भिस र देशभर फैलिएको बलियो नेटवर्कमार्फत नेपालमा फोटोनका विश्वस्तरीय उत्पादनहरू प्रस्तुत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?