काठमाडौं । सरकारले सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गर्न ताकेता गरेको छ ।
गत साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । जसअनुसार आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान नगरेमा सवारी, दर्ता र नवीकरण नहुने समेत बताइएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर जडान नभएका सवारीसाधन कुनै पनि काम नहुने जनाएको छ ।
विभागले सवारीधनीहरुलाई अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न ताकेता गरेको हो ।
सूचना पढ्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया