काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानले प्रतिस्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्मृति दिवस कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले नेपालको संविधान समावेशी र समानुपातिक आधारमा निर्माण भएको बताए । उनले संविधानले कुनै पार्टीलाई पूर्ण बहुमत नदिने भएकाले सबै पार्टीसँग सहकार्य आवश्यक भएको पनि बताए ।
देउवाले भने, ‘अहिलेको संविधान समावेशी समानुपातिक आधारको छ । कुनै पार्टीको बहुमत आउँदैन । सबै पार्टीसँग मिलेर अघि बढ्नुपर्ने बाध्यता छ । त्यसै आधारमा नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको छ । वास्तवमा भन्ने हो भने राम्रो बाटो लिएका छौँ । महिला, जनजाति, आदिवासी र मधेसीको अधिकार सुनिश्चित गरिएको छ ।’
सभापति देउवाले यस संविधानमार्फत सबैको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको बताए र समावेशी संविधानको सफलता र सहकार्यको महत्वमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया