काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने कांग्रेस–एमालेको तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्ष असन्तुष्ट देखिएको छ ।
उपसभामुख रानालाई महाअभियोग लगाउने उद्देश्यले कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बुढानीलकण्ठमा बोलाएको बैठकमा पनि कोइराला सहभागी भएनन् ।
अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हस्ताक्षर अभियान चलिरहेको छ । तर कोइराला पक्षका सांसदहरू उपस्थित भएका छैनन् । कोइराला पक्षका एक नेताले भने, ‘उपसभामुख हटाउने तयारीप्रति हाम्रो असन्तुष्टि रहेको छ ।’
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।
उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको आरोप दुई दलको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया