काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास गलत भएको बताएका छन् ।
सचिवालय बैठकपछि पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरिरहेको तर यसबारे हस्ताक्षर गरिरहेको देखेर रोक्न आग्रह गरेका हुन् ।
उनले भने, ‘उपसभामुख हटाउने कुरा पहिलादेखिको हो । तर एउटा महिला, आदिवासी, जनजाति, सामाजिक सेवामा सक्रिय, बालबच्चाको हेरचाह गर्ने र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिलाई हटाउने प्रयास गलत छ। हामी यसबिरुद्ध विरोध गर्छौँ ।’
अध्यक्ष दाहालले उपसभामुखविरुद्ध कुनै प्रमाण नरहेको र हालको आरोप केवल कपोकल्पित भएको पनि स्पष्ट पारे । रानामाथि अमेरिका लैजान प्रयोगका लागि भिसा जारी गर्न अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको आरोप लागेको थियो ।
यसअघि पनि रानालाई हटाउने तयारी भएको थियो, तर विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया